२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

ज्ञानज्योतिकाे अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु 

दाङ, २७ मंसिर । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित विद्यालयहरुको सहभागीतामा बुधवारदेखि अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु भएको छ । 

फाउण्डेशद्वारा सञ्चालित ८ वटा विद्यालयका खेलाडीहरु सहभागीरहेको प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ । फाउण्डेशनद्वारा सञ्चालित आदर्श एकाडेमी इङलिस बोडिङ स्कुल तुलसीपुरको आयोजनमा शुरु भएको रनिङसिल्ड प्रतियोगिता कार्यक्रमको उद्धघाटन ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले गरेका हुन । 

आदर्श एकाडेमीका प्रिन्सिपल बसन्त टण्डनको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा सञ्जाल दाङका अध्यक्ष अरुण लहरेले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताएका हुन । त्यस्तै कार्यक्रममा विद्यालयका प्रमोटर पूर्ण भण्डारी, टोपेन्द्र डाँगी, सुष्मा लामिछाने, ज्ञानज्योतिका एकाडेमीक कोडिनेटर शरद गौतमलगायतले विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने बताएका हुन । 

खेलकुद प्रतियोगितामा फाउण्डेशनभित्र रहेका विभिन्न ८ वटा विद्यालयहरु आदर्श एकाडेमी तुलसीपुर, अमृत एकाडेमी विजौरी, ज्ञानज्योति पव्लीक स्कुल बम्नै, संस्कार पाठशाला दाङ, संस्कार पाठशाला, ज्ञानज्योति सेकेन्डरी स्कुल तुलसीपुर, पि एनके पाठशाला भम्के,राप्ती पब्लिक स्कुल बाघमारेका खेलाडीहरु सहभागी हुने छन् । प्रतियोगितामा रनिङ, हाइजम्प, लम्जप, रिले दौड, छोटो तथा लामोदुरीको दौड प्रतियोगिताहरु हुने छन् । उघद्धाटन कार्यक्रममा तेक्वाक्दोको डेमो र विरामीङसो एण्ड डान्स विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । आदर्श एकाडेमीका छात्रा शिखा वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस