२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

अर्गानिक कृषि पत्रकारिता सम्बन्धी एक दिने तालिम सम्पन्न

दाङ, ४ माघ । तुलसीपुरमा अर्गानिक कृषि पत्रकारीता तालिम सम्पन भएको छ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा एकदिने कृषि सम्वन्धी पत्रकारीता तालिममा तुलसीपुर क्षेत्रमा सक्रिय पत्रकारिता गरी रहेका पत्रकार हरु सहभागी थिए । 

संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्तामा तालीम सञ्चालन भएको हो

।तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यावरण जोगाउने वाहनामा विभिन्न रोगहरुको सिर्जना हुँदै गएको बताए । खेतवारीमा उत्पादन बढाउने, नाफा मुलक व्यवसाय गर्ने उदेश्यले विषादीको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असरहरु देखा पर्न थालेको उनले बताए । 

माटोमा कुन वाली उत्पादन हुन्छ, कस्तो माटोमा कुन बालीले कति उत्पादन दिन्छ ? भन्ने विषयमा अनुसन्धान नगरी के प्रयोग गर्दा बढी उत्पादन हुन्छ भन्ने विषयमा केन्द्रीत हुँदा अर्गानीक खाद्यान्न उत्पादन हुन छोडेको उनको भनाई थियो । धेरै उत्पादन गरी नाफा आर्जन गर्नैका लागि अन्नवाली उत्पादन गर्दा त्यसमा रसायनीक मलहरुको व्यापक प्रयोग हुने र त्यसले उपभोक्ताको स्वास्थ्यमा ठुलो असर पुर्याउँदै गएको उनले बताए । अहिले विषादीयुक्त वस्तुहरुको प्रयोगको

समस्याको समाधान गर्न नसक्ने भइसकेको अवस्थामा पुगेको बताए । नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशिखा चौधरीले पत्रकारहरुका लागि यो पहिलो भएको बताइन् । 

उनले यस्ताखाले तालीमले पर्यावरण संरक्षण र अर्गानिक उत्पादनबारे सुसूचित गर्न सहयोग पुग्ने बताइन् । तालिममा स्थानीय पत्रकारहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा लुम्बिनी प्रदेशमा कृषि अधिकृत अनिल वानिया र कृषि पत्रकार कृष्ण खनाल रहेका छ्न ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस