२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

पढेका युवा राजनीतिमा आउन जरुरी छ : वली

दाङ, १६ फागुन । नेकपा एमालेकी नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले उच्च शिक्षा हासिल गरेका युवा राजनीतिमा नआउँदा सम्म राजनीति भित्रको विकृति अन्त्य नहुने बताइन् । 

तुलसीपुरको ज्ञानज्योति उच्च माविको नमुना संसद्को अभ्यासलाई सम्बोधन गर्दै नेतृ वलीले राजनीति सबै नीतिहरूको उत्कृष्ट नीति रहेको भन्दै त्यो नीति सुधार्न पढेलेखेका युवाहरू आएमात्रै सम्भव हुने बताइन ।

उनले छोरी कुनैपनि कुरामा पछि हट्न नहुने भन्दै छोरीको सफलता नै समाजको प्रगतिको कारक हुने तर्क गरिन ।ज्ञानज्योति फाउन्डेसनका सिइयो सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा, लुम्बिनी प्रदेश संसदीय मामिला समाजका महासचिव नारायण खड्का, रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मी, शिक्षक शरद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सन्तोष केसीले गरेका थिए । नमुना संसदै २०८० मा सहभागि विद्यार्थीले संसदीय अभ्यास सञ्चालन गर्दै संसद् भित्र हुने गतिविधिका बारेमा प्रस्तुतिहरू राखेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस