२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौ, १३ चैत । बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर  नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले  कार्यालयले जनाएको  छ।

आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको  छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशीलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजको कोहलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस