२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

मोटरसाईकल दुर्घटना हुँदा बिमल डांगीको मृत्यु

दाङ, ८ बैशाख । प्यूठानमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। मोटरसाइकल सवार  घोराही उपमहानगरपालिका–८ ढिकपुरका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएका छन ।

दाङको घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको रा ५ प १५२८ नम्वरको मोटरसाईकल अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस