२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाईमा हुने

काठमाडौ, ७ जेठ । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ । शुक्रबार सम्पन्न केन्द्रिय समितिको बैठकले क्लबको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा टेक्सासको ड्यालसमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

‘हामीले क्लबको केन्द्रिय साधारण सभा टेक्सासको ड्यालसमा गर्दैछौं ,’रेग्मीले भने, ‘केन्द्रिय साधारण सभाको तयारी तथा अतिथीको टुङ्गो लगाए पछि अर्को बैठक बाट मिति तय गरिने छ।’

केन्द्रिय साधारण सभामा नेपाल तथा अमेरिकाबाट समेत पाहुनाहरु आउने छन् । दुई बर्ष अघि स्थापना भएको क्लबमा पूर्ब पत्रकार तथा सकृय पत्रकार गरि ४५ बढी पत्रकारहरुको आबद्धता रहेको छ ।

 रिपोटर्स क्लब अमेरिका लाई पूर्ब तथा सकृय पत्रकारहरु, मिडियाका जानकारहरु, मिडिया पढीरहेका बिद्यार्थीहरुको साझा मन्चको रुपमा बिकास गरिरहेको रेग्मीको भनाई छ । क्लबको नयाँ सदस्यता लिन चाहनेहरु तथा नबिकरणको लागि आगामी जून महिनाको १५ तारेख भित्रमा सदस्यताको लागि आबेदन दिन सक्ने अध्यक्ष रेग्मीले बताएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस