२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

पत्रकार महासंघ दाङ शाखाको निर्वाचन गराउन डा. गौतमलाई तोकियो संयोजक

दाङ, १० जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले यही जेठ २६ गते हुने निर्वाचनका लागि शाखाका पूर्व अध्यक्ष डा. सुदीप गौतमलाई निर्वाचन संयोजक तोकेको छ  । निर्वाचन समितिको सदस्यहरूमा अधिवक्ता हरि बेल्बासे र पूर्व सचिव भुपेन्द्रप्रकाश वलीलाई सदस्यमा चयन गरेको छ । दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले दाङ शाखाको नयाँ नेतृत्व चयनका लागि पूर्वसहमतिको वातावरण निर्माण गर्न सम्पूर्ण सञ्चार संघसंगठन एवं अग्रजहरूसँग छलफल गर्ने निर्णयपनि गरेको सचिव आरके शितलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 बैठकले जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति विवश मनाउने र नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार शाखाका पूर्व सचिव भुपेन्द्रप्रकाश वलीलाई प्रदान गर्ने निर्णयपनि गरेको छ । त्यस्तै बैठकले वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको मिडिया महोत्सवको समीक्षा गर्दै महोत्सव सफल बनाउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्माण गरिएको मिडिया लाइब्रेरी एवं रिसर्च सेन्टरको उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस