२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

८ वर्षिया बालिकालाई करणी गरेको आरोप एक जना पक्राउ

दाङ, २३ जेठ । दाङमा ८ वर्षिया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बलरामपुर जिल्ला तुलसीपुर घर भई हाल घोराहीमा बस्दै आएका ४४ वर्षिया दिननाथ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी जनक बहादुर मल्लले जानकारी दिए । 

घोराही उपमहानगरपालिका १७ गैंरागाँउ निवासी ८ वर्षिया बालिकालाई यही जेठ २१ गते सोमबार बेलुका करणी गरेको डिएसपी मल्लले बताए । दिननाथलाई मंगलबार पक्राउ गरि थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस