२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

गुरुकुल एकेडेमीको प्लस टु व्यवस्थापन संकाय संयोजकमा अधिकारी नियुक्त

दाङ, २४ जेठ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन  अधिकारी नियुक्त भएका छन । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिएका हुन । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन गर्ने छन भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गरेका छन । २०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियोे । नव नियुक्त संयोजक अधिकारीले पधभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टु व्यवस्थापन संकायलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताएका हुन । साथै उँनले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थिले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएका हुन।  गुरुकुल एकेडेमीमा प्लस टुको लागी विज्ञान तथा व्यवस्थापन संकायमा प्री रजिष्ट्रेशन पनी खुलेको बताएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस