२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

बाघको आक्रमणबाट दाङमा ३ महिला घाइते

दाङ, २४ असार । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट ३ जना महिला घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन।

उनका अनुसार तुलसीपुर–९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका ३ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस