२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

जंगली च्याउ खाँदा १८ वर्षिया राधा पुन गम्भीर बिरामी

दाङ, २४ असार । दाङमा जंगली च्याउ खाँदा एक जना युवती गम्भीर बिरामी भएकी छिन् । सोमबार बिहान अन्दाजी ११ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी देवेन्द्र पुनको १८ वर्षिया छोरी राधा पुन गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक जनक बहादुर मल्लले जानकारी दिएका छन ।  

पुन परिवारले घर नजिकैको जंगलबाट च्याउ ल्याएर खाँदा घरका परिवार सबै (४ जना) ले खाएकोमा अन्यलाई भने केही नभएको प्रहरीको भनाइ छ । राधाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस