दाङ, २५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन । उनका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा हिजो बेलुका आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताएका छन ।
प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार