२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

यमुना स्मृति कप फुटसलको उपाधी गोरखा तुलसीपुरलाई

दाङ,१३ साउन । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ । समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज आईतवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाईनल खेलमा तुलसी बोर्डिङ स्कुल तुलसीपुरलाई ५-३ गोलको अन्तरले पराजित गर्दै गोरखा माबी तुलसिपुरले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद ४० हजार, कप,मेडल,प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्माजनक हार ब्यहोरेको तुलसी बोर्डिङ स्कुल उपबिजेतामा सिमित रहदै नगद २० हजार,कप,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको समस्त यमुना परिवारका सदस्य सुरज घर्तिमगरले जानकारी दिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह समस्त यमुना परिवारका सदस्य स्वर्गीय यमुना डागिकी छोरी पुजा डागी घर्तिमगरको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं डिलाईट ग्रुपका सिईओ मोहन भन्डारी, नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसिको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिताका बिजेता बिधालय गोरखा माबी, उपबिजेता बिधालय तुलसी बोर्डिङ,खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर खेलाडी तुलसी बोर्डिङ स्कुलका तिलक बुढामगर,हाई स्कोरर हिमाल एकेडेमी तुलसीपुरका मनिष केसि,वेष्ट किप्पर गोरखा माबी तुलसीपुरका सुशान्त चौधरी र राईजिङ प्लेयर माबी तुलसीपुर सेन्टरका सुमन कवर लाई पुरस्कार, कप,मेडल तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगाएतले प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी सुशील श्रेष्ठ,विशिष्ट अतिथी द्वय मोहन भन्डरी र दिपक केसि ले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए । २०७७ साल साउन ४ गते स्वर्गीय भएकी यमुना डागिको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि १२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस