२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अग्रगामी कृषि सहकारी संस्थाकाे ११ औ साभारणसभा

दाङ, २२ भदौ । अग्रगामी कृषि सहकारी संस्था तुलसिपुर उपमहानगरपालिका वडा नं.१८ हेमन्तपुरकाे ११ औ साधारणसभा शनिवार सम्मन्न भएकाे छ । संस्थाका अध्यक्ष बिनय कुमार शर्माकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीकाे प्रमुख अातिथ्यता एवं प्रेस सेन्टर नेपाल दाङका कार्यालय सदस्य गिरिराज नेपाली विशिष्ट अातिथ्यता सम्पन्न भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडाध्यक्ष वलीले सहकारी मुलुककाे अर्थतन्त्र विकासकाे एक मेरूदण्ड रहेकाले हरेक सहकारी अब उत्पादनसँग जाेड्नु पर्ने बताएका हुन । सहकारी विकासकाे अवधारणाले समाज उत्थानकाे कामलाई समेत जाेड्दै अाईरहेकाले सहकारी र समाज एक अर्काका परिपुरक रहेकाे बताएका हुन । अहिले मुलुक उत्पादनमुखी नभई आयातमुखी बन्दै गईरहेकाले हरेक घर , हरेक व्यक्ति उत्पादन र अात्मनिर्भर उन्मुख बन्दै जानुपर्नेमा बताएका हुन । 

कार्यक्रममा पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपालीले सहकारी विकासकाे समुदाय सचेत र आर्थिक समृद्धि तर्फ उन्मुख बन्दै गईरहेकाे बताएका हुन । तर सहकारी समृद्धि र विकासका लागि राज्यले मतभेद र विभेद गरेकाे बताएका हुन । सरकारीहरू राज्य दिने सेवा सुविधामा तेराेमेराेकाे भाव राखेकाे उनकाे भनाई थियाे । संस्थाका उपाध्यक्ष तारा बहादुर कामीकाे स्वागत मन्तव्यवाट सुरू भएकाे कार्यक्रममा संस्था पूर्व अध्यक्ष धनबहादुर नकाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण सचिव डिल्ली ददेलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस