२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

पौराणिक मेलामा खुल्ला भलिबल प्रतियोगिता हुने

दाङ, २३ असोज । तुलसीपुर उपमहानगरपालिका वडा न. ३ बल्लेमा पन्चमी को अबसर पारी पौराणिक मेला भएको छ । जय दुर्गा सास्कृतिक युवा क्लब तुलसीपुर ३ बल्लेको आयोजनामा काक्तिक ४,५ र ६ गते खुल्ला भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम हुन लागेको हो । 

वि स २०५८ साल देखि पौराणिक रुपमा लाग्दै आएको मेला पछिल्लो समय मा लोभ हुँदै गैराखेको अबस्थामा गाउँका युवाहरूले पौराणिक रुपमा लाग्दै आएको मेलाको अस्तित्व बचाई राख्न लाई आफुहरुले यो वर्ष खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश सोमै मगरले जानकारी दिएका छन । 

उक्त पौराणिक मेलामा खुल्ला भलिबल प्रतियोगिता प्रथम हुनेले नगत रु. २०००० हजार मेडल प्रमाण पत्र, दृतिय हुनेले नगत रु. १५००० मेडल प्रमाण पत्र र तृतीय हुनेले नगत १०००० मेडल प्रमाणपत्र हात पार्ने छ । साथै मेला मा स्थानीय कलाकारहरु को समेत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस