२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

तुलसीपुर उपमहानगरपालिकाको गाडिले ठक्कर दिदा दुई जना घाइते 

दाङ, १६ बैशाख । दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाको गाडिले  स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ सुकैरा रोडस्थित सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको सरकारी   गाडिले एकै दिशातिर जाँदै गरेको प्र.२-००१ प-१६७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य बहादुर रानाले जानकारी दिए ।

दुर्घटनामा स्कुटी चालक तुलसीपुर-५ निवासी ४२ वर्षीय शंकर रेग्मी र स्कुटीको पछाडि सवार उनकी ३ वर्षीया नातिनी प्रिन्स बुढाथोकी घाइते भएका छन् । घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गाडि र गाडि चालक तुलसीपुर उपमहानगरपालिका वातावरण तथा सरसफाइ र यान्त्रिक शाखा प्रमुख रेवा रावतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस