दाङ, १ जेठ । दाङको तुलसीपुरमा जुवाको खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुधबार साँझ तुलसीपुर ६ स्थित गुम्राह चोक नजिकै नरेन्द्र केसीले भाडामा लिएको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर १० का २४ वर्षीय खुम बहादुर वली, तुलसीपुर १२ का ३० वर्षीय प्रमोद गिरी, २१ वर्षीय ओम प्रकाश चौधरी, तुलसीपुर ११ का २७ वर्षीय हिमराज शाही, तुलसीपुर १० का २२ वर्षीय निराजन खड्का, तुलसीपुर ११ कै २९ वर्षीय नरेन्द्र केसी, तुलसीपुर १३ का २३ वर्षीय अर्जुन बिक र तुलसीपुर १६ का ३२ वर्षीय तिलकराम केसी रहेका छन् ।
घटनास्थलबाट एक गड्डी तास र नगद २६ हजार ८ सय ६५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्य रानाले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार