२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

कक्षा १२ को परीक्षामा दाङमा शान्तिनगर गा. पा. प्रथम

दाङ, २९ साउन । कक्षा १२ को परीक्षामा दाङको शान्तिनगर गाउँपालिका प्रथम भएको छ । जसले ९३.७५ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ । शान्तिनगरबाट २८८ विद्यार्थी परीक्षामा सहभागि भएकोमा २७० विद्यार्थी उतिर्ण भएको पालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए । सोही अनुसार जिल्लाका १० वटा पालिका मध्ये सबै भन्दा बढि शान्तिनगरले उतिर्ण गराउन सफल भएको हो ।

जुन पालिकामा सबै विद्यालय सरकारी छन् । सरकारी विद्यालयबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ, भन्ने यो राम्रो उदाहरण रहेको अध्यक्ष बस्नेतले बताए ।“शिक्षक, विद्यार्थी र अभिभावकको यसमा ठूलो भूमिका छ”,उनले भने“त्यसैले पनि दाङमा प्रथम भयौं, नेपालमै पनि राम्रो नतिजा ल्याउने हामी हुन सक्छौं ।”

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस