२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

अदालत र ट्राफिक कार्यालयमा आगजनी गर्ने १० जना प्रहरी नियन्त्रणमा

दाङ, २३ कार्तिक । ‘जेएनजि आन्दोलन’को नाममा दाङका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र शाहका अनुसार, विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको हो । उनले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूमाथि नियन्त्रणमा लिइएको बताए । शाहका अनुसार, घोराही उपमहानगरपालिका कार्यालयमा भएको आगजनी घटनाको पनि अनुसन्धान जारी छ ।

उनले थपे, “व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरू विरुद्ध अहिलेसम्म कसैले जाहेरी दिएका छैनन्, तर पक्राउ परेकामाथि सोधपुछ भइरहेको छ र अन्य संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ ।”

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस