२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

पत्रकारको चरित्र हत्या गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग

दाङ, ३० चैत । नेपाल पत्रकार महासंघ दाङ शाखाले तुलसीपुरस्थित सजना मिष्ठान भण्डारले पत्रकारमाथि गरेको अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र सचिव जेएन सागरले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन । विज्ञेप्तीमा तुलसीपुरको सजना होटेलमा खाद्य सुरक्षाको विषयलाई लिएर प्रकाशित समाचारबारे अध्ययन गर्न महासंघले समिति गठन गरेको र अध्यन जारी रहेकै अवस्थामा सजना मिष्ठान भण्डारको शौचालयमा पत्रकारको तस्वीर टाँसेर गरिएको व्यवहारप्रति महासंघले आपत्ति जनाएको हो ।

महासंघले उक्त कार्यलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यक्तिको चरित्र हत्या गर्ने तथा पत्रकारिता पेशामाथि आँच पुर्‍याउने कार्य भएको ठहर गरेको छ । साथै यस्तो गतिविधिले समग्र सञ्चार क्षेत्रलाई नै बदनाम गर्ने उल्लेख गरिएको छ । विज्ञेप्तीमा घटनामा संलग्न व्यक्तिमाथि तत्काल कडा कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ । साथै सामाजिक सञ्जालमा भ्रामक सूचना राखी समाजलाई भ्रमित पार्ने कार्य नगर्न सम्पूर्ण पत्रकार तथा सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस